Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ। शनिबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई ३–० गोलले पराजित गरेको हो।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो, इन्डिसन काभानी र मार्कोस रासफोर्डले गोल गरे। लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए। ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए।

६४ औं मिनेटमा काभानीले गोल गरेका थिए। फर्नान्डेजको पासलाई रोनाल्डोले चखालीपूर्ण तरिकाले अघि बढाएपछि काभानीले गोल गरेका थिए।

जिततर्फ अघि बढेको युनाइटेडका लागि खेल सकिन ४ मिनेट बाँकी रहँदा रासफोर्डले गोल गरे।

यस जितपछि अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ। उसले १० खेलबाट १७ अंक जोडेको छ। समान खेलबाट १५ अंक बटुलेको टोटनह्याम आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077