Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू–२३ एसियन कप छनोट : नेपाल र लेबनान भिड्दै

काठमाडौं । यू–२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइबतार दिउसो पौने ५ बजे सुरु हुनेछ।

नेपाल र लेबनान प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न असफल भइसकेका छन्। आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ।

छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो। आफ्नो दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराथित हुँद्र प्रतियोगिताबाट बाहिरिएको थियो।

कुनै अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा छ। लेबनान पनि अंक विहीन रहेको छ। लेबनान तेस्रो स्थानमा रहेको छ।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ। इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077