Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानन्यायाधीशसँग वार्ताका लागि आन्दोलनरत न्यायाधीशहरूले बनाए तीन सदस्यीय टोली

काठमाडौं । प्रधानन्यायाधीशविरुद्द राजिनामाको माग गर्दै विगत एक हप्तादेखि आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन् ।

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता टोली गठन गरिएको हो।

अहिले सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ। 'वार्ताका लागि जाँदैछौं। वार्तापछि हामी फेरि सामूहिक छलफल गर्छौं', समितिमा रहेका एक न्यायाधीशले भने।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा अहिले सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोपका कारण विवादको घेराभित्र फसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077