Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लेबनानसँग पनि हार्यो नेपाल, गोलविहीन र अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल लेबनानसँग पनि पराजित भएको छ। नेपाल यससँगै प्रतियोगितामा लगातार तेस्री हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

आइतबार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० गोलले हारेको हो। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो। खेल अवधिभर नै लेबनानले नेपालमाथि दबाब राखेको थियो।

नेपालले प्रतियागिताका ३ खेलमा गोलको खाता खोल्न सकेन। लेबनानविरुद्ध २६ औं मिनेटमा पहिलो गोल खाएको टोलीले दोस्रो हाफको दोस्रो मिनेटमा नै दोस्रो गोल खायो। त्यसपछि लेबनानले ७४ औं र ८२ औं मिनेटमा गोल गरेको थियो।

पहिलो खेलमा इरानसँग ४–० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो। समूहमा इरान र ताजिकिस्तानको ६–६ अंक हुँदा लेबनान ३ अंक बटुल्यो। तर नेपाल अंकविहीन बन्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077