Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीले देशको शीर निहुराएको भन्दै पूर्वराष्ट्रपति यादवले गरे सरकारको कडा आलोचना

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन्। उनले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।

‘बीपी बिचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरेका छन्।

‘न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ?’ डा. यादवले प्रश्न गरे। देशको न्यायालयमा यत्रो भाँडभैलो हुँदा कार्यकारी प्रमुख विदेश प्रमणमा जान नहुने धारण यादवले व्यक्त गरे।

‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छन्। बुद्धिजीवीहरू एकातिर छन्। संविधानविद्हरू, कानुनविद्हरू एकातिर छन्। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि, म छोड्दिनँ। केही नभए पनि एक्लै बेञ्चमा बस्छन्। कसको तागतमा?’ प्रश्न गर्दै उनले भने, ‘सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर ती समस्या हल गर्नु पर्दैन ?’

पूर्वराष्ट्रपति देउवाले विदेश भ्रमण गर्ने यो उपयुक्त समय नभएको तर्क गरे। प्रधानमन्त्रीको भ्रमणले देशको शीर निहुरिएको उनले बताए।

यसवाहेक डा. यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। भण्डारीले संविधान विपरीतका काकर्य गरेको उनको ठहर छ। संसद् भंग गर्नेजस्ता असंवैधानिक काममा राष्ट्रपतिको साथ हुनु दुखद भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077