Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुन टल्काउने नाममा ठगी धन्दा : घाममा सुकाएर आधा सुन नै गायब !

उदयपुर । प्रहरीले सुन सफा गरी दिने भन्दै सुन ठगी गर्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाउँ–गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै उनीहरुले सुन ठगी गरेको पाइएको छ। उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घट्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुन लाई आधी तोला बनाएर फिर्ता गरेका थिए।

राईको एक तोलाको सुनको सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएको थियो। प्रहरीले उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रा बरामत गरेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077