Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ससुराली गएर श्रीमतीको हत्या, सासुमाथि पनि आक्रमण

एजेन्सी । लखनउको कोकोरी थाना क्षेत्रमा एक पुरुषले ससुरीली गएर श्रीमतीको हत्या गरेका छन्। ती पुरुषले सासुमाथि पनि ज्यानै लिने किसिमको आक्रमण गरेका छन्।

भारतीय प्रहरीका अनुसार अनिल द्विेदी नाम गरेका पुरुषले श्रीमीतसँग विवाद भएपछि यस्तो घटना बटाएका हुन्।

अनिलको सासुआमालाई अस्पताल भर्ना गरिएको छ। हत्यामा संलग्न अनिलले मादक पदार्थ पिउने गरेको पाइएको छ। अनिलको विवाह काकोरीकी प्रियासँग भएको थियो। शुक्रबार बेलुका अनिल ससुराली गएका थिए।

उनीहरुबीच त्यहीँ विवाद शुरु भयो। अनिलले धारिलो हतियार प्रयोग गरी प्रियाको हत्या गरे। बीचमा छोरीलाई बचाउन आएकी महिलालाई पनि अनिलले छाडेनन्। तर उनी बच्न सफल भइन्।

प्रहरीले आरोपीत अनिललाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077