Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘टीक नेल’ शुरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजबाट शुरु हुने भएको छ। ‘टीक नेल’नामक सैन्य अभ्यास सोमबारबाट शुरु हुन लागेको नेपाली सेनाले जानकारी दिएको छ।

दुई देशका सैनिकबीचको संयुक्त सैन्य अभ्यास पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने बताइएको छ। अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन्। अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्।

विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आइसकेका छन्। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले यो तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। ‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो।

यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए। अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन्। यो सैन्य अभ्यास एक महिनासम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077