Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश १ का मुख्यमन्त्रीले दिए राजीनामा, कर्णालीका मुख्यमन्त्रीको पनि आउँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।

पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि राजीनामा दिन सकारात्मक भएको कांग्रेसी नेताहरुले बताउन थाले छन् । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको सञ्चारमाध्यमहरुलाई बताइसकेका छन् ।

शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।

तत्कालीन नेकपा विभाजित भएपछि बैशाखमा शाही सरकार अल्पमतमा परेको थियो । तर, पछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

त्यतिबेला कांग्रेसले ६ महिनापछि सत्ता लिने लिखित सहमती गरी शाही नेतृत्वको सरकार जोगाएको थियो । सोही कारण अहिले सहमति कार्यान्वयन गर्नुपर्नेमा कांग्रेसले जोड दिँदै आएको छ । शाहीले राजीनामा दिएको खण्डमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077