Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतको हारपछि कप्तान विराटको परिवारलाई धम्की ! पाकिस्तानका पूर्वकप्तान आक्रोशित

एजेन्सी । टी–२० विश्वकपमा भारतको लगातार दोस्रो हार भएपछि यसबारे धेरै प्रतिक्रियाहरु आए। सामाजिक सञ्जालमा ट्रोलर्सले कप्तान विराट कोहलीको परिवार र उनकी छोरीलाई निशाना बनाइरहेका छन्।

केही व्यक्तिहरुले यसको हद नै पार गरेका छन्। उनीहरुले कप्तान कोहलीको परिवार र उनकी छोरीलाई धम्कीसमेत दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

विराट र उनको परिवारमाथि भएको व्यवहारबारे पाकिस्तानका पूर्वकप्तान इञ्जमाम उल हक आक्रोशित भएक छन्। उनले आफ्नो युट्युब च्यानलमार्फत समर्थकहरुको आलोचना गरेका छन्।

‘हारपछि विराटकी छोरीलाई धम्की मिलिरहेको छ। यो एक खेल हो, यस्तो धम्कीहरु दिनु बिलकुल गलत छ। यदि विराटको कप्तानी र ब्याटिङ मन परेन भने उनलाई भन्न सक्नुहुन्छ। तर परिवारको कुनै व्यक्तिलाई यस्तो भन्न हुँदैन,’ उनले भने।

पाकिस्तानका पूर्वकप्तानले खेललाई खेलकै रुपमा लिनुपर्ने पनि बताएका छन्। यसलाई कसैको व्यक्तिगत जीवनसँग जोडेर प्रहार गर्न नमिल्ने तर्क उनले गरेका छन्। ‘भारत सेमिफाइनलमा पुग्न नसके धेरैलाई अफसोच हुनेछ। तर हारलाई पनि सही तरिकाले अपनाउनु सक्नुपर्छ,’ इञ्जमामले भने।

उनले भारतीय टिम निकै दबाबमा खेलिरहेको बताएका छन्। पाकिस्तानको टिमले पारेको दबाबपछि भारतले खुलेर खेल्न नसकेको उनको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077