Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुकेधाराबाट नौ सय ग्राम गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार)सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३४ बर्षीया फुलमाया बि.क र काठमाण्डौं जिल्ला तार्केश्वर नगरपालिका-०६, धर्मस्थली बस्ने बर्ष २८ बर्षीय सुसन सुनार रहेका छन्।

उनीहरुलाई काठमाडौँको सुकेधाराबाट विशेष सूचनाको आधारमा संरक्षित वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरिएको सीआईबीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले ९ सय ग्राम गैंडाको खागजस्तो बस्तु समेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई वरामद सामानसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077