Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीसँगै माडी पुगेका प्रभु साहले भने- प्रचण्डलाई साथ दिएको सम्झिंदा अहिले पनि लाज लाग्छ

चितवन । नेकपा (एमाले)का नेता प्रभु साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।

मंगलबार चितवनको माडीमा आयोजित एमालेको एक कार्यक्रममा पूर्व माओवादी नेता समेत रहेका साहले प्रचण्डमाथि खनिदै उनको चर्को आलोचना गरेका छन्।

आफूहरुले युद्धका बेला ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने गरेको उनको भनाइ छ।

‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं,’ साहले भने, ‘चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’

नेता साहले आफूलाई लक्षित गर्दै अहिले पनि असली माओवादी एमालेमै रहेको दावी समेत गरे।

नेता साहसहित  केपी शर्मा ओली अहिले चितवनको माडीमा पुगेर राम मन्दिरको अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077