Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री राईले तिहारलगत्तै विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने भएका छन्। पद तथा गोपनियताको शपथ लिएपछि उनले शुरुमा आफूले विश्वासको मत लिने बताएका छन्।

‘तिहारलगत्तै विश्वासको मत लिने काम गर्छौं, त्यसपछि गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं,’ सञ्चारकर्मीसँग उनले भने।
मंगलबार मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका थिए। मुख्यमन्त्री राईसँगै प्रदेश सरकारमा नियुक्त भएका ५ मन्त्रीले पनि शपथ लिएका छन्।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन्। नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077