Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : बंगलादेशविरुद्ध दक्षिण अफ्रिका विजयी, सेमिफाइनल समिकरण रोचक मोडमा

एजेन्सी – आइसिसि टी–२० विश्वकप अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई पराजित गरेको छ। मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो।

जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमा २८ बलमा नटआउट ३१ रन बनाए। रास्सी भान डर डुसेन २२, ओपनर क्विन्टन डी कक १६, रिजा हेन्डिक्स ४ र एडेन माक्ररम शून्यमा आउट भए। बंगलादेशका तस्किन अहमदले २ विकेट लिए । नासुम अहमद र माहेदी हसनले १–१ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा ८४ रनमा अल आउट भएको थियो बंगलादेशका माहेदी हसनले २५ बलमा सर्वाधिक २७ रनको योगदान दिए। ओपनर लिटन दासले २४ रन जोडे। बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाँच खेलाडीले खाता नखोली आउट भएका थिए।

बलिङमा दक्षिण अफ्रिका कागिसो रबाडाले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। अर्का तीव्र गतिका बलर एनरिच नोर्कियाले ३.२ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। स्पिनर तबरेज शाम्सीले २ विकेट र ड्वेन प्रिटोरियसले एक विकेट लिएका थिए।

दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले हारेको थियो। दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेट र श्रीलंकालाई ४ विकेटले हराएको थियो।

दक्षिण अफ्रिका ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ। अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग खेल्नेछ। शनिबार हुने उक्त खेलमा दक्षिण अफ्रिका विजयी भएमा नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना छ।

तर अष्ट्रेलियाको नजितामा पनि भर पर्छ। अष्ट्रेलियाको ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक छ। बाँकी दुई खेल अष्ट्रेलियाले बंगलादेश र वेस्टइन्डिजलाई पराजित गरेमा ८ अंक हुनेछ। दुबै टोलीको समान ८ अंक भएमा नेटरनरेटको आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछ।

समूह १ बाट इंग्ल्यान्डले ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ। श्रीलंका र बंगलादेश औपचारिक रुपमा बाहिरिएका छन्। वेस्टइन्डिज ३ खेलमा २ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ।

समूह २ मा भने पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ सेमिफाइनल पक्का बनाएको छ। न्युजिल्यान्ड र अफगानिस्तानको बलियो सम्भावना छ। भारतको झिनो अंक गणीतिय सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077