Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

    पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी – लगातार चौथो जित निकाल्दै पाकिस्तान आइसिसि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। मंगलबार राती भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान पाँचौं पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो।

    जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। नामिबियाका लागि डेविड विसे ३१ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे। क्रेग विलियम्सले ३७ बलमा ५ चौका र १ छक्का सहित ४० रनको योगदान दिए।



    ओपनर स्टेफन ब्रान्ड २९ बलमा २९ रन बनाए। कप्तान गेरहार्ड इरास्मस १५ र जेजे स्मित २ रनमा आउट भए। पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए।



    शेख जायद स्टेडिम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो। पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५० बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७९ रनमा अविजित रहे।

    कप्तान बाबर आजमले ४९ बलमा ७ चौका सहित ७० रनको योगदान दिए। मोहम्मद हफिज १६ बलमा ५ चौका सहित ३२ रनमा अविजित रहे। नामिबियाका डेविड विसे र जान फ्रिलिंकले १–१ विकेट लिए।

    समूह २ मा न्युजिल्यान्डले अफगानिस्तालाई हराएको खण्डमा सेमिफाइनल खेल्ने लगभग निश्चित जस्तै छ। न्युजिल्यान्डले जित्दा भारत र अफगानिस्तान स्वत बाहिरिने छन्। भारत भने समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार