Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेरि लकडाउन गर्ने चीनको संकेत, नागरिकहरुलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न सुझाव

एजेन्सी । चीनमा सरकारले सर्वसाधारण नागरिकलाई 'आपत् परेको खण्डमा' भन्दै आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयले प्रकाशित गरेको सूचनामा कुनै कारण भने खुलाइएको छैन।

तर, धेरै ठाउँमा कोरोनाभाइरसको त्रास फैलिएकाले लकडाउन लगाइएको र अतिवृष्टिका कारण खेती बिग्रिएकाले तरकारीको आपूर्तिबारे चिन्ता व्यक्त भइरहेको बेला सरकारले त्यस्तो सुझाव दिएको हो।

सरकारले स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर आपूर्ति गराउन तथा मूल्य स्थिर राख्न निर्देशन दिएको छ। दुई मात्रा खोप लगाएका मानिसले पनि घरमा कोभिड सार्न सक्छन्

त्यस्तो सूचना जारी भएपछि सर्वसाधारण मानिसहहरू आत्तिएर किनमेल गर्न गएका थिए। सरकारी सञ्चारमाध्यमले उनीहरूलाई शान्त पार्न खोजेको थियो।

'यो समाचार आउनासाथ वृद्ध मानिसहरू आत्तिए, सुपरमार्केटमा किनमेल गर्नेको भिड लाग्यो,"'एक जनाले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखे। चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएको मानिने इकोनमिक डेलीले आफ्ना पाठकलाई नआत्तिन आग्रह गर्‍यो।

सरकारले लकडाउन घोषणा गरेको खण्डमा सामान अभाव नहोस् भन्ने सरकारले चाहेको उसले जनाएको छ। पीपल्स डेली समाचारपत्रका अनुसार त्यस्ता सूचनाहरू अस्वाभाविक हैनन्।

तर, अहिले तरकारीको भाउ बढेको तथा कोभिडका नयाँ बिरामी फेला परिरहेको बेला त्यस्तो सूचना आएको छ। चीनमा हिउँदको समयमा खाद्यपदार्थको मूल्य बढ्ने गर्छ। तर प्रतिकूल मौसमका कारण केही सातादेखि तरकारीको भाउ अकासिएको छ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप चीनमा निरन्तर कडा लकडाउन लगाइएको छ। फेब्रुअरीमा आयोजना गर्न लागिएको ग्रीष्मकालीन ओलिम्पिक्सअगाडि नै कोरोनाभाइरस सङ्क्रमण शून्यमा झार्न चीनले खोजेको छ।

चीनमा सोमवार ९२ जनामा कोभिड पुष्टि भएको थियो। यो सप्ताहान्तमा घर फर्किएका एक व्यक्तिमा कोभिड पुष्टि भएपछि शाङ्घाई डिज्नील्यान्ड कम्तीमा दुई दिन बन्द गरिएको थियो।-बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077