Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चोलेन्द्रलाई चुनौती दिँदै कल्याणले भने- विवेक हेर्ने भए पुराना फैसला पल्टाउनू

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका हुन्।

केही दिनअघि प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्तिको संज्ञा दिएका थिए ।

जवाफमा उनले भने, ‘कँही कतै मेरो विवेकको विषयमा कुरा गरेको सुनेँ । विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन । मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा आमजनताले मापन गर्लान् । फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ ।’

आफ्नो राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भनेका थिए ।

पछिल्लो समय प्रधानन्यायाधीश जबरामाथिसत्तासँग साँठगाँठ गरेको, मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेसी तोक्दा गोलाप्रथा लागू गर्न नमानेकोलगायत विषयमा  चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077