Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएका जित बहादुरको पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077