Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र विचौलिया लाखौं घुससहित पक्राउ

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्ले घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई २ लाख १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। नासु पोखरेल र विचौलिया काफ्लेले र वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीसँग घुस लिँदै थिए।

अख्तियारका अनुसार नासु पोखरेलले श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरेको र बिचौलियाको काम गर्ने काफ्लेमार्फत उक्त रकम घुस लिइरहेको पाइए पछि पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077