Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वदेश फर्किएपछि प्रधानमन्त्री देउवाले भने- मोदीले मलाई भारत भ्रमणको निम्तो दिनुभयो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन्।

(कोप–२६) मा सहभागी भएर फर्केका प्रधानमन्त्री देउवाले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएको बताए । साथै प्रधानमन्त्री देउवाले आफूले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् ।

‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ, विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, 'तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।’

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077