Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत र अफगानिस्तानबीचको खेलमा ‘म्याच फिक्सिङ’ भएको आरोप, के हो वास्तविकता ?

एजेन्सी । आइसिसि टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा अफगानिस्तानविरुद्ध भारत विजयी भयो। बुधबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनको फराकिलो अन्तर हरायो। प्रतियोगितामा भारतको यो पहिलो जित हो। जितसँगै भारत सेमिफाइनल पुग्ने झिनो सम्भावना छ। भारतले बाँकी खेल फराकिलो अन्तरले जित्नुकाक साथै न्युजिल्याण्डले आफ्नो एक खेल हारेमा भारत सेमिफाइनल पुग्न सक्छ। तर हालका लागि यो निकै कठिन देखिन्छ। भारत र अफगानिस्तानको खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो। टस जितेको अफगानिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। टसका क्रममा भारतीय टोलीका कप्तान विराट कोहलीले अफगानिस्तनका कप्तान मोहम्मद नावीलाई बलिङ रोज्न भनेको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा यस खेलबारे निकै प्रतिक्रियाहरु आइरहेका छन्। कति क्रिकेट समर्थकहरुले म्याच फिक्सिङ भएको भन्दै प्रतिक्रियाहरु जनाइरहेका छन् भने कतिपयले त्यसको जवाफ दिएका छन्। भारतीय समर्थकहरुले पाकिस्तानले भारतको जित सहन नसकेको बताएका छन्। क्रिकेट क्षेत्रका हस्तीहरुले पनि सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै कडा आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077