Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काठमाडौंबाट लागुऔषध चरेससहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोरखाका मनबहादुर गुरुङ र सजिन गुरुङ, रसुवाका मिनबहादुर तामाङ, नुवाकोटका रोजबहादुर घले र चन्द्रबहादुर तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट पलाष्टिकका पोका–पोका पारी पलाष्टिकको बोरामा लुकाई राखेको चरेश १२ पोका बरामत गरेको छ।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट विशेष प्रहरी टोली उनीहरुलाई काठमाडौंको वडा नम्बर १६ म्हैपी एरियाहरुबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरु उपर लागू औषध ऐन (संसोधन) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077