Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध रहेको आशंकामा साथीको हत्या

एजेन्सी । उत्तरप्रदेशको हरदोई जिल्लमा प्रहरीले एक हत्याको घटना सार्वजनिक गरेको छ। घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

आरोपीले आफ्नी श्रीमती र साथीबीच अवैध सम्बन्ध रहेको शंका लागेपछि साथीको हत्या गरेको बताएका छन्। शुरुमा प्रहरीले हत्या तथा लुटपाट भएको भनि उजुरी दर्ता गरेको थियो।

पछि अनुसन्धान गर्दा घटना लुटपाटका लागि नभएर अवैध सम्बन्धका कारण भएको पाइएको हो। पक्राउ परेका आरोपीको साथबाट सुनको सिक्री बरामद गरिएको हो।

घटना के हो ?
इश्वपुर गाउँमा ३२ वर्षीय सरोज कुमारको शव अक्टोबर २० तारिखमा भेटिएको थियो। राति पसलको शटर बन्द गरेर घर फर्किएका उनी घर पुगेनन्। प्रहरी घटनास्थल पुग्दा उनको सुनको सिक्रि लुटिएको थाहा भयो।

त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा मृतकका साथी पवनसँग सोधपुछ गरेको थियो। सोधपुछका क्रममा पवनले केही क्लुहरु अन्जानमै चुहाएका थिए। त्यसपछि कडाइका साथ घटनाबारे सोधपुछ गर्दा हत्याको राज बाहिरियो।

मृतक पवनको घरमा आउनेजाने गर्थे। त्यसक्रममा पवनलाई आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध रहेको शंका लागेपछि उनले साथीको टाउकामा हतौडा प्रहार गरी हत्या गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077