Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भाइटिकाको दिन पनि हल्का वर्षा र हिमपातको सम्भावना : मौसम विभाग

    भाइटिकाको दिन पनि हल्का वर्षा र हिमपातको सम्भावना : मौसम विभाग

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजको देशभरका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रह्यो भने भोली(भाइटिकाको दिन) पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार राजधानी काठमाडौं उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ । यद्यपी वर्षा भने भएको छैन ।



    तर, देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना अझै रहेको महाशाखाको भनाई छ ।



    महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

    रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि शनिबार अर्थात भाइटिकाको दिन पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहने महाशाखाको अनुमान छ ।

    महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार