Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्दै, यस्तो छ हालसम्मको तथ्याङ्क

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार शनिबार साँझ ६ः१५ बजे शुरु हुनेछ।

युनाइटेड र सिटीबीचको खेललाई म्यानचेस्टर डर्बी भनिन्छ। विश्वका उत्कृष्ट क्लबभित्र पर्ने दुई टोलीबीचको खेलमा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।

१० खेलबाट २० अंक जोड्दै सिटी हाल अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ। लिगको उपाधि दाबेदार पनि हुन् दुई टोली।

सिटी र युनाइटेडले सबैखाले प्रतिस्पर्धामा १ सय ८५ खेलमा एकअर्काको सामना गरेका छन्। तीमध्ये ७७ खेल युनाइटेडले जितेको छ। सिटीले ५५ खेल मात्र जित्दा दुई टोलीबीचको ५३ खेल बराबरीमा सकिएको छ। तथ्याङ्कमा युनाइटेड निकै बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077