Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

    जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 2.3K
    SHARES

    मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेसमा गएका हुन्।

    त्यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।



    चुनावको मिति नजिकिन थालेपछि राजनीतिक वृत्त तातिन थालेको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। नव प्रवेशीहरुले पार्टीलाई थप बलियो बनाएर अघि बढ्ने बताएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार