Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लिग वानमा पिएसजीको दबदबा कायमै, शीर्षस्थानमा १० अंकको अग्रता

एजेन्सी । फे्रन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले बोर्डेअक्सलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीले बोर्डेअक्सलाई ३–२ गोलले हराएको हो।

बोर्डेअस्कको घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा पिएसजीले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि नेयमारले गोल गरेका थिए। खेलको ४३ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पाहुना टोलीलाई ३–० गोलले अघि बढाए। अबलेर्थ इलिसले ७८ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए। इन्जुरी समयमा एमबाय नियङले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए।

जितपछि अकंतालिकाको शीर्षस्थानमा रहेको पिएसजीले १० अंकको अग्रता बनाएको छ। १३ खेलबाट पिएसजीको ३४ अंक छ। दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट २४ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077