Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र अष्ट्रेलिया आइसिसि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेका छन्। समूह ए मा रहेका दुई टोलीले सुपर १२ को खेलहरुमा शीर्ष २ मा रहँदै अन्तिम ४ मा स्थान पक्का गरेका हुन्।

सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८–८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन्।

शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो। शनिबार राति भएको पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हराएर ८ अंक जोडेको थियो भने दोस्रो खेलमा साउथ अफ्रिकाले शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई हराएर ८ अंक नै जोडेको थियो। इंग्ल्याण्डले भने अन्तिम खेलअघि नै ८ अंक जोडेको थियो।

यो समूहमा तीन टिमले समान ८/८ अंक जोडे पनि रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहँदै इंगल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन्। तेस्रो स्थानमा रहेको साउथ अफ्रिका समूह चरणबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077