Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमान दुर्घटनामा ब्राजिलकी चर्चित गायिकाको मृत्यु, दुर्घटनाअघिको भिडियो भाइरल

एजेन्सी । विमान दुर्घटनामा परी ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्काको मृतइु भएको छ। सांगीतिक कार्यक्रममा भाग लिन उडेकी उनको विमान दुर्घटना भएको हो। सो दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ। यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ। द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी थिइन्। हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो। सोही दौरान विमान दुर्घटना भएको थियो। घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन्। उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ। सोही भिडियो यतिबेला भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077