Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली भूभागमा भारतीय प्रहरीको ड्रोन, स्थानीयले जानकारी गराउँदा पनि नेपाल सरकार मौन

    नेपाली भूभागमा भारतीय प्रहरीको ड्रोन, स्थानीयले जानकारी गराउँदा पनि नेपाल सरकार मौन

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नवलपरासीको सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले विना अनुमती ड्रोनबाट सीमा अनुगमन गर्दा समेत नेपाल सरकार भने मौन बसेको छ ।

    सुस्ता गाउँपालिका–५ को एक नम्बर ठोक्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयबासीले बताएका छन् ।



    स्थानीयबासीले प्रहरीलाई जानकारी गराउँदा पहरीले उनीहरुलाई रोक्ने प्रयास समेत नगरेको स्थानीयबासीको आरोप छ ।



    सुस्तामा निर्माणाधीन झोलुंगे पुल नजिकमा बसेर एसएसबीका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेका हुन् । ्

    स्थानीयहरु उनीहरूले नेपाली भूभागको नक्सांकन गरेको हुनसक्ने बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हो ।

    नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको समेत बताइएको छ ।

    आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भूभागको नक्सांकन गरेको स्थानीयको भनाई छ ।

    भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन । सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ ।

    सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार