Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै महाकालीमा एसएसबीको ‘र्‍याफ्टिङ’

    अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै महाकालीमा एसएसबीको ‘र्‍याफ्टिङ’

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 597
    SHARES

    बैतडी । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा र्‍याफ्टिङ गरेको छ ।

    नेपाली प्रशासनसँग समन्वय नै नगरी एसएसबीले ‘सैन्य गतिविधिको झल्को’ दिनेगरी महाकाली नदीमा जलयात्रा गरिरहेको हो । भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुन विपरीत र्‍याफ्टिङ गरेको भन्दै नेपालले आपत्ति जनाएको छ ।



    कुनै जानकारी र समन्वयविना र्‍याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ । पत्रमा र्‍याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अबदेखि यस्तो नगर्न भनिएको छ ।



    नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन । सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ ।

    सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नुपूर्व दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर भारतले महाकालीमा उक्त अन्तराष्ट्रिय मान्यताको धज्जी उडाउँदै दादागिरी शैलीमा ‘साहसिक अभियान’ नाम दिएर आफ्ना सैनिकलाई ‘र्‍याफ्टिङ’ गराइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार