Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीमापार अपराध नियन्त्रण गर्न एपीएफ र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर

    सीमापार अपराध नियन्त्रण गर्न एपीएफ र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 942
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ ।

    यही असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकले बिहीबार सीमापार अपराध नियन्त्रण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।



    बैठकमा एपीएफका तर्फबाट महानिरीक्षक राजु अर्याल र एसएसबीको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।



    दुई देशबीचको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन उक्त सम्झौता भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

    सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदान प्रदान गर्ने सहमति भएको उनले बताए ।

    साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने पनि सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार