Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रो–क्लब च्याम्पियनसिप : भारतको नोयडासँग एपीएफ पराजित

    प्रो–क्लब च्याम्पियनसिप : भारतको नोयडासँग एपीएफ पराजित

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 579
    SHARES

    वीरगन्ज । वीरगन्जमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लब, भारतको वन्डर्स क्लब नोयडासँग आठ विकेटले पराजित भएको छ।

    वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा १४५ रनको लक्ष्य नायेडाले १६।२ ओभरमा केवल दुई विकेट गुमाएर पूरा गरेपछि एपीएफले आठ विकेटको फराकिलो हार व्यहोरेको हो।



    जारी प्रतियोगितामा अहिलेसम्म तीन खेल खेलेको नोयडाले पहिलो जीत निकालेको छ।



    नोयडा अयसअघिका दुवै खेलमा पराजित भएको थियो। तीन खेल नै खेलेको एपीएफले सोमबार दोस्रो हार खेपेको हो। यअिघि एपीएफले एक खेलमामात्र जीत हात पारेको थियो।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार