Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रीमती र छोरीको हत्या गरे, १०० मा फोन गरेर आफैंले प्रहरी बोलाए

एजेन्सी । रिसको झोँकमा एक पुरुषले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन्। चक्कु प्रहार गरी दुई जनाको हत्या गरेका उनी आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका छन्।

घटनापछि सोधपुछ गर्दा ती पुरुषले आफू हत्यारा नभए आवेसमा आएर त्यस्तो भएको बताएका छन्। शनिबार बेलुका पत्नी प्रियंका बजाज र १८ वर्षीया छोरीलाई चक्कु प्रहार गरेपछि एक पुरुषले १०० मा कल गरेर प्रहरीलाई घटनाको जानकारी दिएका थिए।

घटनाबारे जानकारी हुनेबित्तिकै प्रहरी घटनास्थल पुगेको थियो। स्थानीयका अनुसार ४७ वर्षीय अरविन्द बजाज पत्नी र छोरीसँग रविन्द्र सरोबार थाना क्षेत्रको पुष्पक अपार्टमेन्टमा बस्दै आएका थिए। उनी पछिल्लो २ वर्षदेखि सुसराका साथमा सिमेन्टको कारोबार गर्दै आएका थिए। पारिवारीका तनावका कारण उनलाई मानसिक समस्या भएको बताइएको छ।

घटनामा उनी पनि घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077