Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ कसूरमा भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला १०, झोझरा घर भइ काठमाडौं कमलपोखरी बस्ने ४५ बर्षीय राजहरण साह रहेका छन्।

सीआईबीका अनुसार सोमबार कमलपोखरीबाट पक्राउ परेका भारतीय नागरिक साहलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते ९ लाख ५० जरिवाना र ७ दिन कैद सुनाएको थियो ।

साहले २०७५ साल पुषमा आफ्नो खातामा पर्याप्त रकम नहुँदा जुक्याएर ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ९ लाख ५० हजारको चेक काटेर दिएका थिए।

यसै मुद्दाको आधारमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले सो सजाय सुनाएको सीआईबीले जानकारी दिएको छ।

साहलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीका एसपी कमल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077