Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट भित्र-बाहिर गर्न निःशुल्क सवारीको व्यवस्था

काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी साधनको व्यवस्था गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सोमबारदेखि उक्त निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो।

मन्त्री आलेको सचिवालयका अनुसार अहिले दुई वटा माइक्रो बसबाट सेवा शुरु गरिएको हो । अन्य थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्याधिक मूल्य लिएको भन्दै गुनासो आएपछि यस्तो व्यवस्था गरिएको सचिवालयको भनाइ छ।

सचिवालयका अनुसार यस्तो सवारी शुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारी साधन प्रयोग गर्न सक्नेछन् । साथै विमानस्थलबाट बाहिरिएपछि पनि यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म आउन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077