Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतले एकाएक किन डाक्यो अन्तर्राष्ट्रिय तहको उच्चस्तरीय बैठक ? रुस, इरानसहित ७ देश सहभागी हुँदै

    भारतले एकाएक किन डाक्यो अन्तर्राष्ट्रिय तहको उच्चस्तरीय बैठक ? रुस, इरानसहित ७ देश सहभागी हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.5K
    SHARES

    नयाँ दिल्ली । भारतले अफगानिस्तानको पछिल्लो अवस्थाबारे महत्वपूर्ण बैठक आयोजना गर्न लागेको छ । एनएसए स्तरको यस बैठकमा रुस, चीन, पाकिस्तान र इरानलगायत धेरै देशलाई सहभागी हुन आमन्त्रण गरिएको थियो ।

    तर अपेक्षाअनुसार पाकिस्तान र चीनले यस बैठक बहिस्कार गर्ने बताइएको छ । चीनले समयतालिकाका कारण बैठकमा सहभागी हुन नसक्ने बताएको स्रोतले जनाएको छ ।



    यद्यपी ड्रयागनले अफगानिस्तानबारे भारतसँग बहुपक्षीय र द्विपक्षीय वार्ताका लागि तयार रहेको पनि बताएका छन् । अर्कोतर्फ पाकिस्तानको एनएसएले यस बैठकमा सहभागी हुन अस्वीकार गरिसकेको छ ।



    अफगानिस्तानको अवस्थालाई लिएर दिल्लीमा हुन लागेको क्षेत्रीय सुरक्षा संवादमा रुस, इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान सहभागी हुने स्रोतले जनाएको छ । बैठकमा यी देशका एनएसए वा त्यहाँको सुरक्षा परिषद्का सचिवहरू सहभागी हुनेछन् ।

    यो उच्चस्तरीय बैठकले अफगानिस्तानमा हालैका घटनाक्रमबाट उत्पन्न भएको क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा मात्र नभई सान्दर्भिक सुरक्षा चुनौतिहरू सामना गर्ने उपायहरूबारे पनि समीक्षा गर्नेछ।

    उक्त उच्चस्तरीय बैठकमा अफगानिस्तान र सीमापारको आतंकवाद बाहेक कट्टरपन्थी र अतिवादका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

    अफगानिस्तानमा लागुऔषध उत्पादन, तस्करीका विषयमा मध्य एसियाली देशहरू पनि चिन्तित छन् । यसबाहेक अफगानिस्तानमा बाँकी रहेको सैन्य हतियारबाट हुने खतरा पनि निकै महत्वपूर्ण विषय हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार