Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नामिबियाविरुद्ध भारत विजयी

एजेन्सी । आइसिसि टी–२० विश्वकप अन्तर्गतको आफ्नो अन्तिम खेलमा नामिबियाविरुद्ध भारत विजयी भएको छ। सोमबार भएको खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको हो।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए। केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे। नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन नबाएको थियो। उसका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे। भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए।

दुबै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। नामिबिया र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077