Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निशुल्कः स्वास्थ्य बिमा गराउन पहल गर्ने बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा उनले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीसहितको टोलीले मन्त्री बरालसमक्ष स्वास्थ्य बिमा कार्यक्रमसहित प्रदेशमा रहेका पूर्ण असक्तको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य बिमामा फिजियो थेरापी, हेमोफेवियालगायत रोगको उपचार गर्न, उपचार सहज तथा सरल गराउनका लागि आवश्यक औषधि उपलब्ध गराउन र पायक पर्ने अस्पतामला उपचार गर्ने वातावरण बनाउन सहभागीहरुले मन्त्री बरालसमक्ष माग गरेका थिए ।

महासङ्घका केन्द्रीय सदस्य अन्जना केसी, प्रदेश उपाध्यक्ष प्रमिला थकाली, श्रवण तथा दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष पुष्पराज रिमाल, सिर्जनशील अपाङ्ग समाज केन्द्रका अध्यक्ष फडिन्द्रप्रसाद पौडेललगायतले अपाङ्गता भएकाहरुका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

विसं २०६८ को जनगणनाअनुसार प्रदेशमा करिब ५७ हजार अपाङ्गता भएका व्यक्ति रहेकामा दुई हजार पूर्णरूपमा अशक्त भएका अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077