Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २० लाख नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साह रहेका छन्।

पर्सा प्रहरीका अनुसार साहलाई पूर्व सूचनाको अधारमा हिजो दिउँसो साढे १ बजे वीरगंज घण्टाघरबाट आदर्शनगर जादै गर्दा प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकलचेक जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077