Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    सुनसरी । प्रहरीले आफ्नै ३४ वर्षीया श्रीमती छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राई रहेका छन् ।



    राईलाई सोमबार साँझ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार