Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायालयभित्र राजनीतिकर्मी पस्यौं भने अवस्था झनै जटिल हुन्छ: उपेन्द्र यादव

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायालयको विवाद प्रकरणमा राजनीतिक दल मुछिन नहुने बताएका छन् ।

मंगलबार भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालयको मामलामा राजनीति गर्न नहुने बताए।

रुपन्देहीको सूर्यपुरालगायतका स्थानमा आयोजित पार्टीको कार्यक्रमका लागि आएका यादवले प्रधानन्यायाधीश प्रकरण र सर्वोच्च अदालतमा भइरहेका पछिल्ला घटनाक्रम अशोभनीय भएको उल्लेख गरे ।

‘न्यायालयमा देखिएको विवाद राम्रो छैन तर न्यायालयको मामलामा राजनीति गर्नु हुँदैन, यसले झनै सम्हालिन दिँदैन,’ यादवले भने, ‘हामी राजनीतिकर्मी त्यहाँ पस्यौं भने अवस्था झनै जटिल हुन्छ ।’

यस विषयको निकासका लागि न्यायाधीशहरु विद्वान रहेको र समाधानको बाटो अदालत आफैंले खोजेर निरुपण गर्ने उनले बताए ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसनले उनको राजिनामा माग्दै आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077