Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीमा सुरक्षालाई मजबुत बनाउन आईजीपी खनालको निर्देशन

सर्लाही । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले तराईका जिल्लाहरुमा पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन् ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीको नबनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी खनालले सीमा सुरक्षालाई मजबुत बनाउन आगामी दिनमा बोर्डर आउट पोस्ट (बिओपि)को संख्या पनि बढाउंदै लैजाने बताए।

सुरक्षा बेशहरुले न्युन जनशक्ति र सिमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीकासाथ पुरा गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी तराईमा परिचालन भएपश्चात् चोरी तस्करी नियन्त्रण भई राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्दै उनले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न कर्मचारिहरुलाई निर्देशन दिए।

कार्यक्रममा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारिसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077