Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् प्रदेश १, कर्णाली र सुदूरपश्चिममा सिफारिस भएका प्रदेश प्रमुखहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

यस्तै, सरकारले रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको छ।

यसैगरी सरकारले बालबालिकाका लागि उपयोगमा आउने ६० लाख मात्रा फाइजर खोप खरिदका लागि स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077