Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको माइक्रो सडकबाट खस्यो, १९ घाइते

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको साँगाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते सबैलाई लाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको छ।

सिन्धुपाल्चोकको चौताराबाट काठमाडैँ आउँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना मात्रै सकुशल रहेका छन् ।

दुर्घटनाको बारेका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077