Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानन्यायाधीश विवादबारे माओवादीले भन्यो- न्यायालयको आन्तरिक विवादमा हस्तक्षेप गर्दैनौं

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी पुष ११ देखि १३ पुससम्म गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

यस्तै, महराका अनुसार आजको बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ ।

'न्यायालयको विवाद आन्तरिक भएको बैठकको ठहर छ, बैठकपछि प्रवक्ता महराले भने, 'उक्त समस्याको समाधान न्यायालयभित्रैबाट हुनुपर्छ भन्ने हाम्रो निर्णय हो।

यसैगरी बैठकले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको प्रवक्ता महराले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077