Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनाको प्रशिक्षक भएपछि जाभीलाई मेसीले पठाए सन्देश

काठमाडौं । जाभी हर्नान्डेजले गत शुक्रबार बार्सिलोनाको नयाँ प्रशिक्षकका रुपमा नियुक्ति पाए। उनलाई बार्सिलोनाले सोमबार मात्र सार्वजनिक गरेको थियो।

जाभीले आफ्नो नियुक्ति पछि पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरावर्ड लियोनल मेसीले आफूलाई दिएको सन्देशबारे खुलासा गरेका छन्।

जाभीले आफूलाई सार्वजनिक गरिएको दिन पूर्व टिममेट मेसीले मेसेज गरेर बार्सिलोनाको प्रशिक्षक बनेकामा शुभकामना दिएको बताए।

‘लियो मेसीले मलाई शुभकामना सन्देश पठाए,’ जाभीले भने।

उनले थपे, ‘उनी अविश्वसनीय छन्, तर उनी यहाँ इटो वा रोनाल्डिन्होको रूपमा छैनन्‘ हामीले भविष्यको बारेमा सोच्नुपर्छ, बार्सिलोनामा नभएका खेलाडीहरुको बारेमा हैन।’

जाभीले अब अन्तर्राष्ट्रिय विश्रामपछि नोभेम्बर २० मा एस्प्यानियोलसँग खेल्दा बार्सिलोनालाई जित दिलाउने आशा गरिएको छ।

बार्सिलोनाका पूर्व मिडफिल्डर पनि रहेका जाभीले कतारी टोली अल–सादलाई अलविदा गरेर बार्सिलोनासँग साढे दुई वर्षको सम्झौता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077