Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीका युवक हत्या प्रकरण : ८ जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए ।

अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताएका छन् । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताए ।

प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077