Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इंग्ल्याण्डलाई स्तब्ध पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

एजेन्सी । न्युजिल्याण्ड आइसिसि टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो।

दुबईको अबुधाबीमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेट गुमाउँदै ६ बलअघि नै भेट्टायो। न्युजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक भएको थियो।

खराब शुरुवात गरेको न्युजिल्याण्डलका लागि डेरिएल मिचेचल र ड्वेन काउनवेले टिम शानदार प्रदर्शन गरे। मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए। तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो।

उनले सुरुदेखि नै हिटिंग गरेका थिए। १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन जोडेर उनले न्यूजिल्याण्डको जितको आशा जगाएका थिए। उनले ११ बलमा २७ रन बनाए ।
बलिङमा इंग्ल्याण्डका क्रिस वोयक्स र लायम लिभिङस्कोटनले समान २–२ विकेट लिए भने अदिल रासिदले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। इंग्ल्याण्डका लागि मोइन अलीले ५१ र डेबिड मलानले ४१ रन बनाएका थिए। न्युजिल्याण्डको बलिङमा टिम साउथी, आदम मिल्ने, इश सोधी र जेम्स निशामले एक–एक विकेट लिए।

प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुने छ। यो खेलको विजेताले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077