Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए नेपाल बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ।

सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै नेकपाका महासचिव बिप्लवले आज एक विज्ञप्ती जारी गर्दै देशव्यापी प्रदर्शन गर्ने बताए।

बिप्लवले विज्ञप्तिमार्फत् मुल्यवृद्धिलाई सरकारी दोहन समेत भनेका छन् ।

‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् ।

सरकारले बुधबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ।

यस्तै,हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077